२०८३ आश्विन १९ गते, सोमबार ०४:५२
  • वेस्टर्न मेगा कलेजमा बीएचएम र बीआइटीका नव–आगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण


    बुटवल-बुटवल १५ ढवाहामा रहेको वेस्टर्न मेगा कलेजमा बीएचएम र बीआइटी इन्टेकका नव–आगन्तुक विद्यार्र्र्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कलेजमा भर्ना भएका नयाँ विद्यार्र्र्थीहरूलाई कलेजको शैक्षिक वातावरण, नीतिनियम तथा आगामी शैक्षिक यात्राका बारेमा स्पष्ट मार्गदर्शन गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रममा स्वागत गर्दै कलेजका एकेडेमिक कोअर्डिनेटर यज्ञप्रसाद न्यौपानेज्यूले बीएचएम तथा बीआइटी कार्यक्रमको शैक्षिक सम्भावना, उद्योगगत अवसर र विद्यार्र्र्थीहरूको कर्तव्यबारे विस्तृत प्रकाश पारे। उच्च शिक्षाको यो महत्वपूर्ण चरणमा विद्यार्र्र्थीहरूले आफ्नो अनुशासन, नियमितता र कडा मेहनतलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने विषयमा प्रेरणादायी मार्गदर्शन प्रदान गर्दै उनले शैक्षिक भविष्यको कामना गरेका थिए।

    कार्यक्रममा इला होटल एण्ड रिसोर्टका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाले होटेल व्यवस्थापनका विद्यार्र्र्थीहरूका लागि विश्वव्यापी बजारमा रहेका सम्भावनाहरूबारे प्रकाश पारेका थिए। उनले व्यावसायिक दक्षता, आतिथ्य सत्कारको मर्म, र इन्टर्नसिपमार्फत प्राप्त हुने व्यावहारिक अनुभव नै करियर सफलताको मुख्य कडी भएको बताउँदै विद्यार्र्र्थीहरूलाई आफ्नो सञ्चार सीप र व्यक्तित्व विकासमा विशेष ध्यान दिन आग्रह गरे।

    एआइ एमएल इन्जिनियर अमृत रानाभाटले सूचना प्रविधिको क्षेत्रमा भइरहेका अत्याधुनिक विकास र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगबारे विशेष जानकारी दिए। उहाँले विद्यार्र्र्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नरही आधुनिक प्रविधिसँग अभ्यस्त भई बजारको मागअनुसार प्राविधिक सीप निखार्न दिशा निर्देशन गरे।

    कार्यक्रममा कलेजका प्रिन्सिपल, अधिवक्ता किसू शर्माज्यूले नवआगन्तुक विद्यार्र्र्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे। उनले वर्तमान प्रतिस्पर्धात्मक युगमा केवल सैद्धान्तिक प्रमाणपत्रले मात्र नपुग्ने स्पष्ट पार्दै विद्यार्र्र्थीहरूलाई सिर्जनशील, स्वाभिमानी र चुनौतीहरूसँग दृढतापूर्वक जुध्ने साहसी बन्न आह्वान गरे।

    कार्यक्रम कलेजका बीएचएम कोअर्डिनेटर शेफ विकास खत्रीले कलेजको भिजन, शैक्षिक नियम, परीक्षा प्रणाली, पुस्तकालय तथा हस्पिटालिटी क्षेत्रका इन्टर्नसिप र करियर अवसरहरूपारे व्यावहारिक जानकारी गराउनुभएको थियो । कलेजमा कार्यरत प्रशासनिक कर्मचारी एलिजा बज्राचार्यद्वारा सञ्चालित उक्त कार्यक्रममा कलेजका शिक्षक, कर्मचारी तथा विद्यार्र्र्थीहरूको सहभागीता थियो।