२०८३ मंसिर ८ गते, सोमबार १९:०४
  • नेपाललाई भैरहवाको हवाई रुट उपलब्ध गराउन भारत सहमत


    भैरहवा – अन्तर्राष्ट्रिय उडानको लागि नेपाललाई भैरहवा रुट उपलब्ध गराउन भारत सहमत भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि नयाँ रुट उपलब्ध गराउन सहमती जुटेको हो।

    हाल एकतर्फी रहेको ‘बी३४५’ काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएको संयुक्त विज्ञप्तिको बुँदा नम्बर ८ मा भनिएको छ। ‘यस सम्बन्धमा मोडालिटीलाई अन्तिम रूप दिन तथा हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ। सहमतीको बुँदामा भनिएको छ।
    नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन माग गर्दै आएको थियो । यो सँगै भैरहवाबाट अन्तराष्ट्रिय उडान हुने बातावरण बन्ने आशा गरिएको छ।