२०८१ आश्विन २१ गते, सोमबार १३:१५
  • पर्यटन सेवामा लगाएको कर खारेज गर्न व्यवसायीहरुको माग


    काठमाडौँ- पर्यटन व्यवसायी तथा बायुसेवा सञ्चालकहरुले आफूहरुको व्यवसायमा लगाएको कर खारेज गर्न माग गरेका छन् ।

    ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल ९टान०, होटेल एसोसिएसन अफ नेपाल (हान), र वायुसेवा सञ्चालक संघले शुक्रबार काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै सरकार समक्ष यस्तो माग राखेका हुन्।

    आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि व्यवस्था गरेका करका दर खोरज गर्नुपर्ने उनीहरुको माग छ।करका दरप्रति असन्तुष्टि जनाउँदै नयाँ प्रस्ताव राखेका व्यवसायीहरूले पर्यटन क्षेत्रसँग सम्बन्धित सबै संघरसंगठन सम्मिलित विज्ञ समूहरसमिति बनाएर गहन अध्ययन गर्नुपर्ने र घोषित करहरू एक वर्षपछि मात्र लागु हुनेगरी व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

    व्यवसायीहरुले कोभिड १९ महामारीबाट भर्खरै लयमा फर्कंदै गरेको पर्यटन क्षेत्रको पुनरुत्थानलाई सहज बनाउन भन्दै बजेटमा भएका घोषणाले पर्यटन उद्योगमा गम्भीर र नकारात्मक असर गर्ने बताए।

    कार्यक्रममा नेपाल पर्यटनका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालमा फ्लाइट भाडा महंगो भएको बताए। उनले सस्तो गन्तव्य भनिरहँदा भाडादर भने महंगो भएको बताए ।ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालका अध्यक्ष निलहरि बाँस्तोलाले सरकारले देशलाई लगिरहेको गतिले व्यवसाय सञ्चालन गर्न नसकिने बताए। उनले पर्यटन व्यवसायीहरूले चाबी सरकारलाई बुझाएर बस्नुपर्ने स्थिति सिर्जना भएको बताए।

    सरकारले नेपालमा हवाई टिकटका भ्याट लगाउँदा विदेशी एजेन्सीबाट टिकट बुकिङ बढ्न सक्ने चेतावनी समेत व्यवसायीले दिएका छन्। भ्याट लगाउँदा विदेशी पर्यटकको टुर प्याकेज महंगो हुने भन्दै व्यवसायीले नेपाल भ्रमणबाट निरुत्साहित हुने बताएका छन्।