२०८३ श्रावण २१ गते, बिहीबार ०३:२७
  • वेस्टर्न मेगा कलेज र लुम्बिनी एलिट बीच हयाकाथनको लागि सम्झौता

    बुटवल- बुटवल–१५, ढवाहामा अवस्थित वेस्टर्न मेगा कलेज र लुम्बिनी एलिट बीच ह्याकाथनको लागि सम्झौता भएको छ। लुम्बिनी एक्स ह्याकाथनको लागि दुई संस्थाबीच समझ्दारीपत्रमा हस्ताक्षर भएको हो। समझदारी अनुसार वेस्टर्न मेगा कलेज लुम्बिनी एक्स ह्याकाथन २०८३ को आधिकारिक सहयोग साझेदार को रूपमा जोडिएको छ।

    विद्यार्थीहरुमा प्राविधिक ज्ञान, नवप्रवर्तन र नेतृत्व क्षमताको विकास गराउन यस्ता कार्यक्रमहरूमा सहकार्य गर्नु कलेजको प्राथमिकता रहेको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले जानकारी दिए। कलेजले यस कार्यक्रमका लागि आवश्यक सहयोग र सहकार्य प्रदान गर्ने, जसले ह्याकाथनमा सहभागी हुने विद्यार्थीहरूको अनुभव, कार्यक्रम सञ्चालन तथा समग्र व्यवस्थापनलाई चुस्त बनाउन मद्दत पुर्याउने उनको भनाइ छ। तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा परियोजना विकास, प्रत्यक्ष प्रदर्शन, मूल्याङ्कन तथा पुरस्कार वितरण गरिने प्राचार्य शर्माले जानकारी दिए।
    ह्वेर स्पीरिटियुअलिटी मिट इनोभेसन भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको यो राष्ट्रिय स्तरको ४८ घण्टे समुह आधारित ह्याकाथन यही साउन २३ देखि २५, सम्म ड्राइभरटोल–०४ स्थित लुम्बिनी सिटी कलेजको सभाहलमा सञ्चालन हुनेछ।

    वेस्टर्न मेगा कलेजले विगत १३ वर्षदेखि स्नातक तहमा बीएचएम पढाउँदै आएको र यस वर्षदेखि ४ वर्षे बीआइटी समेत अध्यापन सुरु गरेको छ। उत्कृष्ट छात्रवृत्ति सहित शैक्षिक वर्ष २०८३ का लागि स्नातक तहमा ४ वर्षे बीआइटी र बीएचएम एवं स्नातकोत्तर तहमा २ वर्षे एमबीएमा भर्ना समेत खुलेको छ।